Nabil Bank Wins Two Awards in Different Categories at Visa International Leadership Conclave
Nabil Bank has won two prestigious awards from Visa International in the categories of Excellence in Contactless

नबिल बैंक लिमिटेड (NABIL) ले डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा हासिल गरेको उपलब्धिको कदरस्वरूप भिसा इन्टरनेशनलबाट दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ।
बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्युइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेको हो।
काठमाडौंस्थित मेरियट होटलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिहरूले उक्त अवार्ड ग्रहण गरेका थिए। यसअघि पनि यी विधामा बैंकले आफ्नो उपस्थिति र उत्कृष्टता कायम राख्दै आएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उक्त सम्मानले ग्राहकको सुविधा र सहजतालाई प्राथमिकता दिँदै नवीनता तथा प्रविधिको प्रयोगलाई निरन्तरता दिन थप ऊर्जा प्रदान गरेको बताए।
उनले यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रतिको बैंकको प्रतिबद्धतालाई थप प्रेरणा दिएको उल्लेख गरे।
भिसा इन्टरनेशनल विश्वव्यापी रूपमा भुक्तानी कार्ड सेवा प्रदान गर्ने कम्पनी हो। कम्पनीले नेपालमा हरेक वर्ष भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ। नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
चार दशकभन्दा लामो बैंकिङ अनुभव भएको नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो। नवीन सेवा तथा प्रविधिको प्रयोगमार्फत बैंकले बैंकिङ सेवालाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ।
‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत बैंकले ग्राहक, समुदाय तथा समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने आफ्नो उद्देश्यलाई थप सशक्त बनाउँदै आएको छ।