BREAKING NEWS

Snow Rivers Limited Allocates IPO Shares to Project-Affected Locals

Snow Rivers Limited has completed the allotment of IPO shares issued for project-affected locals

Nepalytix
5 min read
Snow Rivers Limited Allocates IPO Shares to Project-Affected Locals

Snow Rivers Limited ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। उक्त बाँडफाँड Sanima Capital Limited को कार्यालयमा सम्पन्न भएको हो।

कम्पनीले चैत ९ गतेदेखि चैत २९ गतेसम्म ताप्लेजुङ र पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि कुल ९ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो।

बाँडफाँड अनुसार अति प्रभावित समूहका स्थानीयहरूले अधिकतम ९७० कित्तासम्म सेयर प्राप्त गरेका छन्। यस समूहमा ९३० कित्तासम्म आवेदन दिने लगानीकर्ताहरूले मागअनुसार नै सेयर पाएका छन् भने १ हजारदेखि १० हजार कित्तासम्म आवेदन दिनेहरूलाई समान ९६० कित्ता वितरण गरिएको छ। यस समूहका २१० जना लगानीकर्ताले गोलाप्रथामार्फत थप १० कित्ता सेयर समेत प्राप्त गरेका छन्।

त्यस्तै प्रभावित समूहअन्तर्गत लगानीकर्ताहरूले अधिकतम १८० कित्तासम्म सेयर पाएका छन्। १७० कित्तासम्म आवेदन दिनेहरूले मागअनुसारकै सेयर पाएका छन् भने १८० देखि १० हजार कित्तासम्म आवेदन दिनेहरूलाई समान १७० कित्ता वितरण गरिएको छ। यस समूहका ११६ जना लगानीकर्ताले गोलाप्रथामार्फत थप १० कित्ता सेयर प्राप्त गरेका छन्।

Nepalytix

Financial News Reporter